Ad imageAd image

चुरे तथा वन जंगल संरक्षण अभियानद्वारा आन्दोलनको घोषणा

खबर खुराक
खबर खुराक ८ फाल्गुन २०७९, सोमबार
2 Min Read
Aa

८ फागुन जनकपुरधाम । चुरे तथा वन जंगल संरक्षण अभियानले पाँच सुत्रीय मागसहित आन्दोलनको घोषणा गरेको छ ।

अभियानले फागुन ११ देखि अनिश्चितकालिन धर्नादिने घोषणा गरेको हो ।

खोला उत्खननको विरोध गर्दा हत्या गरिएका युवा महतोलाई पर्यावरणीय शहिद घोषणा गर्नुपर्ने सहित अवैध क्रसर उद्योगहरुको गतिविधि उपर तत्काल रोक लगाउनु पर्ने, विगतमा मधेश सरकारले गरेको ७ बुँदे सहमति तत्काल कार्यान्वयन गर्नु पर्ने, भूमिहिन तथा सुकुम्बासीको आवसको हक मौलिक हकको रुपमा धारा ३७ मा व्यवस्था भएकोले नेपाल राज्य गम्भिरताका साथ संविधानको कार्यान्वयन गर्नुपर्ने अभियानको माग छ ।

वैदेशिक रोजगार सम्बन्धि समस्या हल गर्न संविधानको धारा ३३ मा व्यवस्था भए अनुसार सुरक्षित तथा योग्यता अनुसार सुनिश्चित रोजगारीको व्यवस्था मिलाउनु पर्ने र स्थानीय तहको निर्वाचन गैर दलीय प्रतिस्पर्धा अन्तरगत व्यवस्था मिलाउँदै दलितको लागि राजनीतिक आरक्षण सुनिश्चित गर्न पालिकाको प्रमुखहरु चक्रिय प्रणालीमा व्यवस्था गर्नका लागि संघीय सरकार निर्वाचन कानुन परिमार्जन गरी कार्यान्वयन गरोस् भन्ने माग अभियानको छ ।

- Advertisement -
Ad image

मागप्रति संघ प्रदेश र स्थानीय तथा सम्बन्धित निकाय उदासीन रहेकाले फागुन ११ गतेदेखि मुख्यमन्त्री कार्यालय अगाडि २४ घण्टे अनिश्चितकालीन धर्ना दिने अभियानका संरक्षक सरोज यादवले बताए ।

सोही दिन प्रदेश सरकार अगाडी र जिल्ला प्रशासन कार्यालय अगाडी दिउँसो २ बजे प्रदर्शन गर्ने समेत उनले बताए । मागहरु पूरा गराउन शान्तिपूर्ण रुपमा धर्ना, दवाव सिर्जना गर्न एक घण्टे चक्का जाम, ग्रासरुट मुममेन्टको रुपमा गाउँगाउँमा अभियान लगायत थप संघर्षका कार्यक्रम सार्वजनिक गर्दै अघि बढ्ने अभियानका अध्यक्ष सुनिल यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्