Ad imageAd image

माधवलाई पार्टी एकतासहित राष्ट्रपतिको उम्मेदवार बन्न केपी ओलीको प्रस्ताव

खबर खुराक
खबर खुराक ९ फाल्गुन २०७९, मंगलवार
2 Min Read
Aa

९ फागुन काठमाडौं । लामो तिक्ततालाई बिर्सदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच गोप्य भेटघाट भएको छ । सो गोप्य भेटघाटमा एमालेका अध्यक्ष ओलीले एसका अध्यक्ष नेपाललाई पार्टी एकतासहित राष्ट्रपति पदको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् ।

 ‘उहाँहरुबीच भेटघाट भएको छ, यसले भोलिबाट आकार ग्रहण गर्दछ’, एमालेका एक पदाधिकारीले भने । एमाले छोडेर नयाँ पार्टी गठन गरेका नेपाललाई ओली आफैँले भेट्न बोलाएर त्यस्तो प्रस्ताव गरेको ओली निकट एमालेका एक पदाधिकारीको दाबी छ ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपतिको उम्मेदवार खोजी गर्नुपर्ने भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा सघाउन सक्ने देखेपछि ओलीले माधव नेपालसँग हात मिलाउन खोजेका हुन् ।

प्रचण्डको कांग्रेससँगको हिमचिम रोक्ने र राष्ट्रपतिको चुनावपछि संसदको ठूलो दल बनेर आफैँ प्रधानमन्त्री बन्ने गरी ओलीले प्रचण्डलाई पनि साइजमा राख्न नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन खोजेको स्रोतको दाबी छ ।

- Advertisement -
Ad image

त्यही क्रममा ओलीले माधव नेपालसँग महाराजगञ्जमा गोप्य वार्ता गरेका हुन् । त्यही भेट्मा ओलीले नेपाललाई राष्ट्रपति बन्न र नेपाल नेतृत्वको पार्टी फेरि एमालेमै मिलाउन प्रस्ताव गरेका हुन्  ।

माधव नेपालको पार्टीसँग १० सांसद प्रतिनिधि सभामा छन् । एमालेबाट विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ ,महेश बस्नेतको पहलमा ओली र नेपालबीच भेटघाट भएको हो ।

प्रतिक्रिया दिनुहोस्