Ad imageAd image

साहित्यकार सुरज बिरही रामदामको ‘नफक्रेका फुलहरु’ बिमोचन

खबर खुराक
खबर खुराक ९ फाल्गुन २०७९, मंगलवार
2 Min Read
Aa

९ फागुन देवदह । रुपन्देहीको देवदह-९ भलुही निवासी साहित्यकार, सर्जक सुरज बिरही रामदामको पाँचौ कृती तथा पहिलो गीत संग्रह ‘नफक्रेका फूलहरु’ नामक पुस्तक बिमोचन भएको छ ।

फाल्गुण ६ गते देवदहमा संचालित सातौ राष्टिय औद्योगिक व्यापार मेला कृषी तथा पर्यटन महोत्सव २०७९ को बृहत कार्यक्रममा उद्योग व्यापार संघका अध्यक्ष मेघराज ढकाल,गायक तथा संगितकार तेजु अर्याल, उद्योग व्यापार संघका संस्थापक अध्यक्ष गोबिन्द ठडराई, गणेश कुमार खाती, केशर बहादुर पुन लगायतले संयुक्त रुपामा पुस्तकको बिमोचन गर्नुभएको हो ।

बिमोचित कृतिमा एक सय वटा गित समावेश गरिएको छ। पुस्तकमा समाबेश गरिएको ‘यति धेरै माया गर्छु’ बोलको गित रेकर्ड समेत भैसकेको छ ।

बाल्यकालदेखीनै साहित्यमा रुचि राख्ने रामदामले विद्यार्थीकालिन अवस्था देखि कलम चलाउन थालेका हुन् ।रामदामको यो पाचौं कृति हो ।यस अघि ‘विछोदका वेदना’ कविता सङ्ग्रह, मुग्लानीको कोशेली, अाँशुको ताल, खड्का सिंह रामदामको जिवनी प्रकाशित र ‘अमुल्य माया’ बोलको आधुनिक गित रेकर्ड समेत भैसकेको छ ।

- Advertisement -
Ad image

बाग्लुङ्गको तित्याङ स्थित सिगाना माध्यामिक विद्यालय बाट मावी अध्ययन सकेर भारतको आन्ध्र प्रदेशमा २० वर्ष जागीरे जीवन बिताएका रामदामले जागीर सङ्गै अध्ययनलाई समेत निरन्तरता दिनुभएको थियो ।

गोलकुन्द नेशनल ईन्स्टिच्युट (Golkunda national institute) बाट BA program गरेर टेलरिङ्ग (Tailoring)मा डिप्लोमा (Diploma) कोर्स गरेका रामदामले हाइ सर्भिस अवकाश पश्चात् भलुहीमै ‘रामदाम टेलरिङ्ग’ संचालन गर्नुभएको छ ।

निरन्तर साहित्यमा कलम चलाउन रुचाउने रामदामले हालै बिमोचित भएको पुस्तक ‘नफक्रेका फुलहरु’ र अन्य कृतिहरु अध्ययन गरेर सल्लाह, सुझाव दिन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्