काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले आसन्न केन्द्रीय महाधिवेशनलाई प्रभावित पार्नेगरी कुनै प्रतिनिधि, उम्मेदवार वा संस्थाले आर्थिक लेनदेन गरेमा आचारसंहिताअनुसार कडा कारवाही गर्ने चेतावनी दिएको छ । अध्यक्ष रमेश बीजी र महासचिव सुवास केसीले वक्तव्य जारी गर्दै सम्भावित लेनदेन रोक्न सचेत गराएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘महाधिवेशनको नाममा मत प्रभावित हुने आशय राखेर कोही कसैसँग लेनदेन गरेको यो लेनदेन गर्ने आशयसहितको कुरा गरेको प्रमाण फेला परेमा त्यसरी कुरा गर्ने प्रतिनिधि, उम्मेदवार या संस्था जोकोहीलाई पनि केन्द्रीय समितिले आफ्नो आचारसंहिताको अधीनमा रही कडाभन्दा कडा कारवाही गर्ने व्यहोरा जानकारी गराइन्छ ।’
प्रतिक्रिया दिनुहोस्