Ad imageAd image

तिब्बती शरणार्थीले मनाए ग्याल्पो ल्होसार (तस्बिरहरु)

खबर खुराक
खबर खुराक ९ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

९ फागुन काठमाडौँ । नेपालमा रहेका तिब्बती शरणार्थीले ग्याल्पो ल्होसार मनाएका छन् । जावलाखेलमा रहेको शरणार्थी क्याम्पमा परम्परागत पहिरनमा सजिएर नाचगानका साथ ल्होसार अर्थात नयां वर्ष मनाएका हुन् ।

आज नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाइरहेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्