९ फागुन काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन तोलामा एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार उक्त सुन तोलामा एक लाख तीन हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन तोलामा एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी तोलामा एक हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्