Ad imageAd image

चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा सुधार, भेन्टिलेटर हटाइयो

खबर खुराक
खबर खुराक ९ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

९ फागुन काठमाडौं । जलनमा परेर घाइते भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा सुधार आएको छ । उपचारका लागि मुम्बई लगिएकोमा भण्डारीको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भण्डारीसँगै रहेका कांग्रेस नेता योगराज कँडेलका अनुसार आज बिहानदेखि भण्डारीलाई भेन्टिलेटरबाट बाहिर राखिएको छ ।

बिहान ११ बजे डा. मुकेश मिश्रा र डा. अमोल मात्रेले दिएको जानकारी अनुसार अब भेन्टिलेटरबाट हटाएर अक्सिजनको सहयोगमा उपचार सुरु भएको छ ।

“खुसीको कुरा उहाँको ईटी ट्यूव निकालिएको छ, अहिले रिजरभायर व्याग मास्कबाट १५ लिटर अक्सिजन दिइएको छ,” कँडेलले भनेका छन्, “अहिले पनि ट्रयालमै राखिएको हो । डाक्टरहरुको योजनाअनुसार अक्सिजनको मात्र १५ लिटरलाई घटाउँदै लगिनेछ ।”

- Advertisement -
Ad image

उनले डाक्टरहरुलाई उध्रित गर्दै स्वास्थ्यका सबै ‘पारामिटर’ सामान्य रहेको पनि बताएका छन् । “फोक्सोको तल्लो भागमा थोरै इन्फेकसन देखिएको तर डराउनु पर्ने अवस्था नरहेको डाक्टरवाट जानकारी प्राप्त भएको छ,” कँडेलले भनेका छन्, “कल्चर रिपोर्ट आजै साँझसम्म आउने र सो बमोजिम इन्फेक्सनको पूर्ण जानकारी पश्चात एण्टीवायोटिकको मात्राको थपघट हुने जानकारी दिनुभयो ।”

कँडेलका अनुसार भण्डारीको सुन्निएको अनुहार पुरानो अवस्थामा फर्किएको छ । र बोली नबुझिएपनि इशारा गर्ने र समान्यअवस्थामा झैबोल्न खोजेको देखिएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्