Ad imageAd image

स्कटल्यान्डविरुद्ध कप्तान रोहितको अर्धशतक

खबर खुराक
खबर खुराक ९ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

९ फागुुन काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ को त्रिदेशीय शृङ्खलामा स्कटल्यान्डविरुद्ध नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदाममा जारी शृङ्खलाको अन्तिम खेलमा लक्ष्य पछ्याइरहेको नेपाली टिमबाट रोहितले ५४ बलमा चार चौका र दुई छक्कासहित अर्धशतक पूरा गरे ।

एकदिवसीय क्रिकेटमा रोहितको यो सातौं अर्धशतक हो । स्कटल्यान्डले प्रस्तुत गरेको २१३ रनको लक्ष्य पछ्याइरहेको नेपालले अहिले ३० ओभरको खेल सकिदा सात विकेट गुमाएर १३० रन बनाएको छ ।

रोहितलाई क्रिजमा सन्दीप लामिछानेले साथ दिइरहेका छन् । सन्दीप सात बलमा चार रन बनाएर खेलिरहेका छन् ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्