Ad imageAd image

शान्ति सेनामा नयाँ फौज परिचालन

खबर खुराक
खबर खुराक ९ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

९ फागुन नोमपेन । कम्बोडियाले सेन्ट्रल अफ्रिकन रिपब्लिक (सीएआर)मा ९८ शान्ति सैनिकको नयाँ फौज पठाएको छ। युद्धग्रस्त सीएआरमा शान्ति स्थापना गर्ने संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा १० महिलासहित ९८ शान्ति सैनिकको नयाँ समूह पठाइएको सरकारी अधिकारीहरूले बताएका छन्।

सैनिकहरूको बिदाइ समारोहमा बोल्दै नेशनल सेन्टर फर पिसकिपिङ फोर्सका महानिर्देशक जनरल सेम सोभानीले सीएआरमा सेनाले एक वर्षको कार्यादेश पूरा गरेको तथा नयाँ फौजले आठौँ समूहलाई प्रतिस्थापन गर्ने बताए।

सीएआरमा देशको फौज परिचालनले द्वन्द्वग्रस्त देशहरूमा शान्ति र स्थिरता कायम गर्ने कम्बोडियाको निरन्तर योगदानमा संयुक्त राष्ट्रसंघप्रतिको विश्वासलाई झल्काएको उनले बताए। उनले कम्बोडियाली शान्ति सैनिकले वारुदी सुरुङ र विस्फोटक हतियार व्यवस्थापनमा काम गर्ने जानकारी पनि दिए।

दक्षिणपूर्वी एसियाली राष्ट्र कम्बोडियाले पहिलो पटक सन् २००६ मा राष्ट्रसंघीय शान्ति सेनामा आफ्नो फौज पठाएको थियो। कम्बोडियाले हालसम्म लेबनान, माली, साइप्रस र यमन सुडान, दक्षिण सुडान, सिरियामा मिसनमा छ सय ८१ महिलासहित आठ हजार आठ सय ५९ शान्ति सैनिक परिचालन गरेको छ।

- Advertisement -
Ad image

कम्बोडियाका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक जोसेफ स्च्युरले विश्व शान्ति र सुरक्षामा योगदान गर्न कम्बोडियासहित अन्य देशले फौज परिचालन गरेकामा ती देशप्रति आभार व्यक्त गर्दै शान्ति सेनाको साहस र समर्पणको प्रशंसा गरे। उनले विष्फोट पदार्थको समुचित व्यवस्थापनमा कम्बोडियाली सेनाको विशेषज्ञता सीएआरमा महत्वपूर्ण हुने बताए।

प्रतिक्रिया दिनुहोस्