१० फागुन काठमाडौं । खाना पकाउने ग्यास लिकपछि भएको आगलागीबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको छ। मुम्बईको नेशनल बर्न सेन्टरमा उपचार गराइरहेका उनको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आइरहेको हो।
उनलाई अहिले बिहान मुखबाटै खाना खुवाइएको भण्डारीसँगै मुम्बईमा रहेका नेपाली कांग्रेसका नेता योगराज कँडेलले जानकारी दिए। उपचारमा संलग्न डा. अमोल मात्रेलाई उदृत गर्दै कँडेल भन्छन्, प्रेसर मास्क अक्सीजन ५ लिटर झारिएको छ। भोलीसम्म ट्रयाल रहने छ। पारामिटरहरु नर्मल रहेको छ।
कँडेलले सामाजिक संजालमा भण्डारीको तस्वीरसमत सार्वजानिक गरेका छन्। उनले भण्डारी सकुशल र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको भन्दै कम्तिमा २१ दिन सम्म ग्रराफ्टिंगको व्याण्डेजमा रहने र इन्फेक्सन हुने सम्भावना भएकोले त्यस पश्चात मात्र भेटघाट गर्न दिने बताए।
प्रतिक्रिया दिनुहोस्