१० फागुन धनकुटा। धनकुटाका ५४ वर्षीय चित्रकार मुकुन्द प्रयासले चित्रकला क्षेत्रमा काम गरेको २८ वर्ष भयो । तर उनलाई जिल्लामा सबैले चित्रकार होइन, कार्यक्रमका लागि ब्यानर, ब्याच, फोटोफ्रेमलगायता सामग्री बनाउने मान्छे भनेर चिन्दछन् ।
धनकुटा नगरपालिका–७ मा २०५१ सालदेखि रक-भा एण्ड क्राफ्ट सेन्टर चलाउँदै आएका प्रयास चित्रकलाबाट जीविकोपार्जन सम्भव नदेखेपछि व्यायसायिक क्षेत्रमा लागेको बताउँछन् । ‘मोफसलमा चित्रकलाको बजार छैन’, उनले भने, ‘चित्रकलाको चाहना जीवित राख्न कर्मसियल आर्टको साहारा लिनुपर्यो।’
प्रतिक्रिया दिनुहोस्