Ad imageAd image

हामीलाई राष्ट्रपतिका लागि कसैको प्रस्ताव आएको छैन : खनाल

खबर खुराक
खबर खुराक १० फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

१० फागुन काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले राष्ट्रपतिको निर्वाचन र त्यसअघि बन्ने समीकरणबारे सबै राजनीतिक दलहरूसँग छलफल गर्ने बताएका छन् । उनले अहिले पार्टीका कोही पनि नेतालाई कसैले पनि राष्ट्रपति बन्न प्रस्ताव नगरेको र त्यसबारेको प्रचार हल्ला मात्रै भएको दाबी गरे ।

आलोकनगरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि नेता खनालले राष्ट्रपतिको निर्वाचन र समीकरणका विषयमा संसद्‌मा रहेका सबै दलसँग छलफल गर्ने बताए ।

‘अहिले हाम्रो पार्टीको कोही पनि नेतालाई राष्ट्रपतिको प्रस्ताव आएको छैन, त्यसबारे अहिले आएको प्रचार हल्ला मात्रै हो,’ उनले भने, ‘राष्ट्रपतिको निर्वाचन अहिले महत्त्वपूर्ण एजेन्डा हो । यस्तो एजेन्डामा हाम्रो पनि सरोकार हुन्छ ।’

उनले अहिले एमालेसँग पार्टी एकता हुने वा नहुने भन्ने बारेमा बोल्नुको कुनै अर्थ नहुने बताए । ‘अहिले मिल्दै मिल्दैन भन्न पनि मिलेन । फेरि मिलिहाल्छ भन्नका लागि पनि कुनै आधार तयार भएको छैन,’ उनले भने, ‘त्यसैले यसमा योभन्दा धेरै भन्नु परेन । बरु हामी परिस्थिति हेरेर सबै दलसँग संवाद गर्छौ, त्यसपछि निष्कर्षमा पुग्छौँ ।’

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्