१० फागुन काठमाडौं ।ब्लुटुथ व्यापक रूपमा प्रयोग गरिएको वायरलेस प्रविधि हो । विद्युतीय उपकरणलाई एक-अर्कासँग कनेक्ट गर्ने भएकाले पनि यो प्रविधि चर्चित छ ।
विगतमा फाइल ट्रान्सफर गर्न बढी प्रयोग हुने ब्लुटुथ अहिले अनेकन् कामका लागि प्रयोग हुन्छ । हेडफोन, स्पिकर, इयरबड, माउस, स्मार्टवाच, किबोर्ड र अन्य सामानहरू स्मार्टफोन, ट्याब्लेट र कम्प्युटरहरूमा जडान गर्न ब्लुटुथको प्रयोग हुने गरेको छ ।
ब्लुटुथकै कारण हामी कुनै तार नै नजोडी विभिन्न डिभाइसलाई एक-अर्कामा जडान गरेर प्रयोग गर्न सक्छौं । यी अनेक सुविधाका बावजुद पनि यसले थुप्रै साइबर सुरक्षा जोखिमहरू निम्त्याएको छ । ब्लुटुथसँग सम्बन्धित मुख्य साइबर सुरक्षा जोखिममध्ये एक तपाईंको उपकरणमा अनधिकृत पहुँचको सम्भावना हो ।
यदि तपाईँले आफ्नो डिभाइसको ब्लुटुथ अन गर्नुभएको छ, यस्तो जोखिम बढी हुन्छ । यसमा तपाईँको डिभाइसमा पहुँच पाउन साइबर अपराधीले ब्लुटुथको सहायता लिन्छन् । यसरी ब्लुटुथबाट प्रयोगकर्ताको डिभाइसमा पहुँच बनाउन उनीहरू ‘ब्लुज्याकिङ’ प्रविधि प्रयोग गर्छन् ।
प्रतिक्रिया दिनुहोस्