Ad imageAd image

शंकरनगर वन वाटिकामा अनलाइन टिकेटिङ

खबर खुराक
खबर खुराक ११ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

११ फागुन बुटवल । तिलोत्तमाको शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को टिकट तथा शेड बुकिङ अब अनलाइन बैकिङमार्फत हुने भएको छ ।

लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य वन वाटिकामा अनलाइन टिकटका लागि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आईएमएसमार्फत सफ्टवेयर निर्माण गरी वनवाटिकालाई उपलब्ध गराइसकेको छ ।

बुधबार वन बाटिकामा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले प्रविधिको उच्चतम प्रयोगबाट नै व्यक्ति, संस्था र देशको आर्थिक कारोबार सुरक्षित, व्यवस्थित र पारदर्शी हुने भएकाले सबै आर्थिक कारोबारहरु डिजिटलाइज्ड गर्दै जानुपर्ने बताए ।

वनवाटिकाका अध्यक्ष बेलप्रसाद शर्माले अनलाइन टिकेटिङ सेवाले आर्थिक कारोबार पारदर्शी हुने र पर्यटकलाई पनि सुविधा हुने बताए ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्