Ad imageAd image

यू-१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिडदै

खबर खुराक
खबर खुराक ११ फाल्गुन २०७९, बिहीबार
2 Min Read
Aa

११ फागुन काठमाडौं । यू–१९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिडदै छन् । हिजो साँझ युएई पुगेको नेपाली यू-१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिडन लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई हिजो बिदाई गरेको थियो । क्यानका अनुसार दोस्रो खेल भने २५ फ्रेबुअरी अर्थात १३ फागुनमा कुवेतसँग हुनेछ भने  कुबेतसँग खेल खेलेको एकदिन पछि लगतै नेपाली यु-१९ टोलीले  २७ फ्रेबुअरी अर्थात १५ फागुनमा हङकङसँग खेल्नेछ ।

२८ फ्रेबुअरी अर्थात १६ फागुनमा मलेसियासँग खेल्ने नेपाली टोलीले दुई दिन विश्राम लिएर अन्तिम खेल भने २ मार्च अर्थात १८ फागुनमा युएईसँग खेल्ने क्यानले जनाएको छ । युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् । उक्त खेलमा बिजेता एउटा टोलीले २०२४ मा श्रीलंकामा हुने  यू-१९ विश्वकप खेल्ने मौका पाउने छन ।

त्यसका लागि यू-१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले म‌‌‌गलबार मात्र देव खनाललाई कप्तान चयन गरेका थिए ।  यस अघिका कप्तान गुल्सन झा सम्हाल्दै आएको कप्तानी यूएईमा हुने अर्को खेल आईसीसी क्रिकेट विश्वकप लिग–२को श्रृङ्खलाका लागि सिनियर टिम मै रहने भएपछि देवलाई नयाँ जिम्मेवारी दिइएको हो ।

- Advertisement -
Ad image

नेपाली यू–१९ टोली  देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान) , आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे,  हेमन्त धामी, दुर्गेश गुप्ता, दीपक बोहरा (बि), आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।

प्रतिक्रिया दिनुहोस्