Ad imageAd image

ताजकिस्तानमा ६.८ म्याग्निच्युडको भूकम्प, चीनमा पनि धक्का महसुस

खबर खुराक
खबर खुराक ११ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

११ फागुन काठमाडौं । ताजकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले बिहीबार बिहान करिब ६ बजे (नेपाली समयानुसार) ताजकिस्तानमा शक्तिशाली भूकम्प गएको जनाएको छ ।

अहिलेसम्म प्राप्त प्रारम्भिक जानकारीमा यसको तीव्रता ६.८ रहेको बताइएको छ । भूकम्प चीनसम्म पनि महसुस गरिएकाे बताइएकाे छ ।

युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु पूर्वी ताजिकिस्तानको मुर्गोबबाट ६७ किलोमिटर पश्चिममा रहेको थियो ।

समाचार एजेन्सी एफपीका अनुसार स्थानीय समय अनुसार बिहान ५ः३७ मा भूकम्प गएको थियो र यसको केन्द्र जमिनबाट २०.५ किलोमिटर तल थियो ।

- Advertisement -
Ad image

मृतकको सङ्ख्याको बारेमा अहिलेसम्म कुनै समाचार आएको छैन ।

युएसजीएसले प्रारम्भिक जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु गोर्नो–बदख्सानको पहाड वरपर रहेको जहाँ जनसङ्ख्या निकै कम रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्