Ad imageAd image

हिंसालाई राष्ट्रिय दिवसको रुपमा मनाउनु दु:खद : केपी ओली

खबर खुराक
खबर खुराक ११ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

११ फागुन काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा सार्वजनिक विदा दिएकामा असन्तुष्टि व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले फागुन १ गते हिंसा दिवस भएको जिकिर गर्दै सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताएका हुन् ।

बिहीबार आफ्नो जन्मदिनको अवसरमा बालकोटस्थित निवासमा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले भने, ‘त्यो हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरिदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद् निर्णय गर्‍यो । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ । जुन कुरा चाहिँ सही होइन ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै अध्यक्ष ओलीले हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि हिंसाको महिमामण्डन गर्नु पर्‍यो ? भनी प्रश्न समेत गरे । उनले हिंसाप्रतिको पुरानो लगाव सम्झिनुको कुनै पनि अर्थ नरहेको पनि बताए ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्