Ad imageAd image

राष्ट्रपति निर्वाचनबारे दाहाल र नेपालबीच छलफल

खबर खुराक
खबर खुराक ११ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

११ फागुन काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । राष्ट्रपति निर्वाचनको विषयलाई लिएर बिहीबार प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

भेटमा दाहालले आसन्न राष्ट्रपति निर्वाचनमा कसरी अगाडि बढ्ने भन्नेबारे नेपालसँग परामर्श गरेका हुन् । प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले दाहाल र नेपालबीच राष्ट्रपति निर्वाचनका सम्बन्धमा छलफल भएको पुष्टि गरे ।

पछिल्लो समय राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेस‚ माओवादी केन्द्र‚ जनता समाजवादी पार्टी‚ एकीकृत समाजवादीलगायत राजनीति दलहरू एक ठाउँमा आउने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्