१२ फागुन काठमाडौं । हामी गुगल म्यापलाई सहर वा गाउँहरू नेभिगेट गर्न प्रयोग गर्छौं । यसबाट हामी पृथ्वी भ्रमणको भर्चुअल अनुभव पाउन सक्छौँ ।
गुगल अर्थमा विस्तारै जुम गर्दै जाँदा थ्रीडी भवन, थ्रीडी जमिन आदि देखिन्छ । यसले गर्दा हामी निकै लामो समय यसमा बिताउन सक्छौँ । गुगल अर्थलाई भूतकालको पृथ्वी अर्थात् पुराना तस्वीर हेर्नसमेत प्रयोग गरिन्छ ।
गुगल अर्थको यो फिचर प्राय: शैक्षिक अनुसन्धान वा रमाइलोका लागि प्रयोग गर्ने गरिन्छ । यो सुविधा गुगलले सबैका लागि निःशुल्क गरेको छ ।
त्यस्तै यो फिचर प्रयोग गर्न कुनै शक्तिशाली कम्प्युटरको आवश्यकता पर्दैन । तर इन्टरनेट भने राम्रो कनेक्सन भएको हुनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्