Ad imageAd image

सांसद चौधरीको निलम्बन फुकुवा, राष्ट्रपति निर्वाचनमा भोट दिन पाउने

खबर खुराक
खबर खुराक १२ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

१२ फागुन काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएसँगै राष्ट्रपतिको निर्वाचनमा भाग लिन पाउने भएका छन् । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि सांसद चौधरी निलम्बित भएका कारण मतदाता सूचीमा उनको नाम समावेश थिएन ।

बिहीबार निर्वाचन आयोगमा सांसद चौधरीमाथि संसद्ले गरेको निलम्बन फुकुवाको पत्र पुगेसँगै उनको नाम मतादाता सूचीमा समावेश गरेर अन्तिम नामावली प्रकाशन गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले रातोपाटीलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्