१२ फागुन काठमाडौं । चुनावअघि गठबन्धनमा रहेका राजनीतिक दलका शीर्ष नेताको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एकवर्ष प्रधानमन्त्री दिने विषयमा कुराकानी भएको छ ।
राष्ट्रपतिसहित सबै विषयमा प्याकेजमै आज सहमतिको प्रयास भइरहेको छ । त्यसका लागि बेलुका ५ बजे बैठक बोलाइएको छ ।
“सबैले आ आफ्ना कुरा राख्यौँ,” कांग्रेस महामन्त्री गगन थापाले भने, “बेलुका ५ बजे फेरि बैठक बस्छौँ ।”
स्रोतले दिएको जानकारीअनुसार अध्यक्ष नेपाललाई एकवर्ष प्रधानमन्त्री दिने विषयमा कुराकानी भएको छ ।
“यी सबै विषयमा बेलुका बस्ने बैठकले टुंगो लगाउँछ,” स्रोतले भन्यो, “माधव नेपाल त्यसमा सकारात्मक भएको पाएका छौँ । पार्टीभित्र छलफल गर्ने कुरा भएको छ ।”
प्रतिक्रिया दिनुहोस्