Ad imageAd image

रुसी आक्रमणको निन्दा गर्ने राष्ट्रसंघको प्रस्तावमा भारतले गरेन मतदान

खबर खुराक
खबर खुराक १२ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

१२ फागुन काठमाडौं। एक वर्षअघि रुसले युक्रेनमा शुरु गरेको आक्रमणको भर्त्सना गर्ने संयुक्त राष्ट्रसंघको महासभाको प्रस्तावमा भारतले फेरि पनि मतदान गरेको छैन । यो प्रस्तावलाई १४१ राष्ट्रले समर्थन गरेका थिए भने, ३२ मुलुक अनुपस्थित रहेका थिए र रुससहित सात देशले यो प्रस्तावको विपक्षमा मतदान गरेका थिए।

भारतले यो आक्रमणबारे आफ्नो अडान दोहोर्‍याउँदै शान्तिपूर्ण वार्ता नै निकासको एकमात्र उपाय रहेको बताएको छ। रुसमाथि कडा अडान लिन दिल्लीले बढ्दो दबाबको सामना गरिरहेको छ।

अमेरिका र युक्रेनलगायत धेरै देशहरूले दिल्लीलाई स्पष्ट अडान लिन र सही काम गर्न सार्वजनिक रूपमै आग्रह गरेका छन्।

तर भारतले दबाबको प्रतिरोध गर्दै रुसको प्रत्यक्ष आलोचना नगर्ने रणनीतिलाई निरन्तरता दिएको छ। यसले विगतमा संयुक्त राष्ट्र महासभा र संयुक्त राष्ट्र सुरक्षा परिषदमा पनि यस्तै प्रस्तावहरुमा मतदान गरेको छैन्।

- Advertisement -
Ad image

शीतयुद्धपछि भारत र रुस दुवै देशबीच दशकौं पुरानो विश्वासको सम्बन्ध छ। रुस भारतको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता पनि हो, यद्यपि हालैका वर्षहरूमा यसको अंश ठूलो मात्रामा घरेलु रक्षा उत्पादनलाई बढावा दिने र आयात पोर्टफोलियो फराकिलो बनाउने दिल्लीको निर्णयका कारण घटेको छ।

प्रतिक्रिया दिनुहोस्