१२ फागुन काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले तीन कार्यक्रमका लागि रकम फुकुवा गरेको छ । कार्यालयले फागुन ११ गते (बिहीबार) युवा रोजगारीको लागि रूपान्तरण पहल परियोजना, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना र शिक्षाको लागि खाद्य कार्यक्रम परियोजनाका लागि रकम निकासा फुकुवा गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित युवा रोजगारीको लागि रूपान्तरण पहल परियोजनाका लागि विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास महासंघ (आईडीए)ले ऋण सहयोग गरेको बताइएको छ ।
त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सञ्चालित शिक्षाका लागि खाद्य कार्यक्रम परियोजनाका लागि विश्व खाद्य कार्यक्रमले अनुदान दिने बताइएको छ ।
त्यसका साथै कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनातर्फको विश्व बैंकअन्तर्गत रहेको अन्तर्राष्ट्रिय विकास महासंघ (आईडीए) ट्रष्ट फन्डले दिने अनुदानबापतको रकम फुकुवा गरिएको बताइएको छ ।
यो परियोजनाले खर्च गरेको रकम कार्यालयले आर्थिक वर्षको त्रैमासिक रूपमा फुकुवा गर्ने गरेको कार्यालयका लेखा अधिकृत प्रदिपराज खरेलले बताए ।
प्रतिक्रिया दिनुहोस्