Ad imageAd image

कास्कीमा वडाध्यक्षले कुटे कर्मचारी, प्रहरीमा उजुरी

खबर खुराक
खबर खुराक १२ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

१२ फागुन पोखरा । कास्कीका एक जना वडाध्यक्षले कर्मचारीमाथि हातपात गरेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरूङले इन्जिनियर लक्ष्मण जिसीलाई शुक्रबार बिहान १० बजे कुटपिट गरेका हुन् ।  घाइते जिसीको नाकमा चोट पुगेको प्रहरीमा दिएको उजुरीमा छ । उजुरीमा जिसीले सार्वजनिक ठाउँमा कुटपिट गरेकाले वडाध्यक्षलाई आवश्यक कारबाही गर्न उनले माग गरेका छन् ।

जिसीलाई अश्लील गालीगलौज हातपात गरेको विषयप्रति कास्की जिल्लामा रहेका क्रियाशील ट्रेड यूनियनले  विज्ञप्ति मार्फत वडाध्यक्षलाई कारबाहीको माग गरेका छन् ।  ‘गल्ती गरेमा उसलाई कानुन अनुसार कारबाही गर्न सकिने अवस्था हुँदाहुँदै मुढेबल प्रयोग गरी गालीगलौज तथा कुटपिट गरेको कार्य प्रति कास्की जिल्लामा रहेका हामी क्रियाशील ट्रेड युनियन घोर निन्दा एवं भर्त्सना गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

कुनाकाप्चासम्म पुगी काम गर्ने कर्मचारीलाई हौसला प्रदान गरी कामकाजमा लगाउन पर्नेमा पटक–पटक अश्लिल गाली गर्ने तथा हातपात गर्ने विषय कुनै पनि हालतमा क्षम्य गर्न नहुने विज्ञप्तिमा छ ।

nibedan

- Advertisement -
Ad image

bigyapti

प्रतिक्रिया दिनुहोस्