Ad imageAd image

पठानको रफ्तार, एक हजार क्लबमा प्रवेश

खबर खुराक
खबर खुराक १२ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

१२ फागुन काठमाडौ । बलिउडका बादशाह शाहरुख खान अनिभित पठान एक हजार करोडको क्लबमा प्रवेश गरेको छ । सोमबारसम्म ९९६ करोड संकलन गरेको उक्त फिल्मले मंगलबार अन्ततः १ हजार करोडमा प्रवेश गरेको हो । १ हजार करोडमा प्रवेश गर्ने पठान हिन्दी सिनेमामा पहिलो भएको
यशराज फिल्मले जनाएको छ । गत २५ जनवरीमा रिलिज भएको उक्त सिनेमा अहिले पनि सिनेमा हलहरुमा चलिरेका छ ।  उक्त सिनेमा शाहरुखका साथमा दीपिका पादुकोण, जोन अब्राहमलगायतको अभिनय देख्न पाइन्छ

करिब चार वर्षपछि ठूलो पर्दामा आएका शाहरुखले आफूलाई ‘बलिउड बादशाह’ को छविलाई पुष्टि गरेको बलिउड समीक्षकहरुले बताउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्