पाल्पा, १३ फागुन । नेकपा एमालेको मिसन ग्रासरूट कार्यक्रम अन्तरगत पार्टी सुदृढीकरण तथा विस्तार अभियान शनिबारदेखि बगनासकाली गाउँपालिकामा सुरू भएको छ ।
पहिलो दिन आज गाउँ कमिटीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थीले अभियानको बारेमा सहजीकरण गर्नुभएको थियो । एमाले शक्तिलाई जोगाउन, आगामी निर्वाचनमा बहुमत ल्याउने गरी जन आधार तयार गर्ने लक्ष्यका साथ यो अभियान संचालन भएको बताउनुभयो ।
पार्टी गतिविधिलाई चलायमान राख्ने । पार्टीका रफ्तारलाई खिया लाग्न नदिन र स्पातिलो बनाउन यो अभियान थालिएको उहाँले बताउनुभयो ।
विशिष्ट अतिथि केन्द्रीय सदस्य गणेश खनालले एउटा पार्टीको बहुमत आउने वातावरण सिर्जना नहुँदासम्म राजनीतिक स्थिरता नहुने बताउनुभयो । यो अभियानले आगामी निर्वाचनमा एमाले बहुमतसहितको पहिलो पार्टी बन्ने दावी गर्नुभयो । अभियानले केन्द्र, प्रदेश जिल्ला र स्थानीय नेता तथा कार्यकर्ताबीच अन्तरघुलन हुने बताउनुभयो म
एमालेको नर्सरी जनसंगठन हो । ५ जनाको संरक्षण गर्ने र २ वटा भोट थप गर्न सके एमाले सबभन्दा ठूलो पार्टी हुने र सरकारको नेतृत्व गर्ने बताउनुभयो । एमालेको नेतृत्वमा सरकार नबन्दासम्म मुलुकको समृद्धि नहुने नेता खनालले बताउनुभयो।
प्रदेश कमिटी सदस्य नारायणी घिमिरेले एमाले अहिले आधारभूत तहमै पुगेर जनताको गुनासो, सुझाव लिने गरि दुई महिने अभियान थालेको बताउनुभयो ।
गाउँ कमिटी अध्यक्ष हरि पाठकको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला कमिटी सदस्य सरस्वती चिदीले स्वागत र सचिव ओमप्रकाश गैरेले संचालन गर्नुभएको थियो ।
यसैबीच बैठले बगनासकाले गाउँपालिकाका सबै वडामा अभियान संचालन गर्न मिति तय गरेको छ ।
वडा नम्बर १ मा १९ गते, २ मा १७ गते, ३ मा १६ गते,
४ मा १८ गते, ५ मा १८ गते, ६, ७,८, ९ वडामा २० गते पहिलो चरणको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम संचालन हुने एमाले पाल्पाका उपसचिव टीका थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्