Ad imageAd image

अखिल छैठौं पाल्पाको दोस्रो भेला सम्पन्न, अध्यक्षमा अंशु ठडराई

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा १३ फाल्गुन २०७९, शनिबार
1 Min Read
Aa

पाल्पा, १३ फागुन । राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठन अखिल (छैठौं ) पाल्पाको १५औं जिल्ला सम्मेलन पछिको दोस्रो जिल्ला भेला शनिबार तानसेनमा सम्पन्न भएको छ।

भेलाले अंशु ठडराइको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा खुमी पुलामी,सचिवमा शक्ति सिंजाली, सह-सचिवमा विशाल आले र कोषाध्यक्षमा ज्योती दर्लामी निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरूमा अन्जना राना, सुष्मा आले, मन्जु श्रीनेत, सुस्मिता गाहा, पूजा पौडेल, जानकी राना रहेका छन् ।

सन्तोष बस्याल, सुनिल सुनार, मनिसा सिंजाली, रोहन सारु वैकल्पिक सदस्यमा निर्वाचित भएका छन् ।

- Advertisement -
Ad image

शक्ति सिंजालीकाे अध्यक्षतामा भएको कार्यक्रम
प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोम कार्कीले बधाई तथा शुभकामना दिनुभयो । उहाँले गुणस्तरीय शिक्षाको लागि संगठनले खबरदारी गर्नुपर्ने बताउनुभयो ।

जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामीले अहिले पनि सबै बालबालिकाको लागि सर्वसुलभ शिक्षाको व्यवस्था हुन नसकेको बताउनुभयो ।

अखिल नेपाल महिला संघको केन्द्रीय नरमती सिंजाली, अखिल छैठौंको पूर्व केन्द्रीय सदस्य सुदीप पौडेलले बधाई तथा शुभकामना दिनुभएको थियो ।

विशाल आलेले स्वागत गर्नुभएको कार्यक्रममाअंशु ठडराईले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्