Ad imageAd image

वर्षा नहुँदा सुक्न थाले हिउँदेवाली

खबर खुराक
खबर खुराक १४ फाल्गुन २०७९, आईतवार
2 Min Read
Aa

१४ फागुन डडेल्धुरा । लगातारको खडेरीले गहुँ बालीसहित हिउँदेबाली सुक्न थालेका छन् । खडेरीका कारण हिउँदेवाली सुक्न थालेपछि डडेल्धुराका किसान चिन्तित बनेका छन्

लामो समयदेखि हिउँदे वर्षा भएको छैन । गहुँ खेत तथा गरा बाँझै छन् । पानी नहुँदा गहुँ बाली सुकेर गएको आलिताल गाउँपालिका –२ का किसान देवराज भट्टले बताए।  खेतमा लगाएको गहुँबाली सुक्न थालेपछि भोकमरी हुने भन्दै उनीजस्तै अन्य किसान पनि चिन्तित छन् । खेतमा सिँचाइको सुविधा नहुँदा गहुँबाली सुक्न थालेको किसानको भनाइ छ । पाखो र अकाशे वर्षाका भरमा लगाइने खेति सुक्न थालेको हो ।

असौज अन्तिम सातापछि वर्षा भएको छैन । वर्षा नहुँदा खोलानाला पनि सुक्दै गएका छन् । डडेल्धुरामा आठ हजार सात सय ४४ हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदै आएको छ ।  गत वर्ष पनि खडेरीका कारण  १.५ मेट्रिकटन प्रति हेक्टर मात्रै गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले बताए ।

जिल्लामा वर्षात्को भरमा ६० प्रतिशत क्षेत्रफलमा गहुँ खेती हुने गरेको छ।  यो वर्ष पनि खडेरीका कारण गहुँ,तोरीलगायत उत्पादनमा ह्रास आउन सक्ने कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख भट्टले जानकारी दिए ।

- Advertisement -
Ad image

गहुँसँगै लगाइएको अन्य बाली पनि सुक्दै गएको अजयमेरु १ मुद्राडका शेरबहादुर भण्डारीले बताए । पाखो जमिन सुख्खा हुँदै गएको र बाली छर्दा समेत आकाशकै पानीको भरमा छरेको उनले बताए।

आकाशे पानीको भरमा खेतमा बिउ छरेको र पानी नपर्दा उम्रेको बाली पनि सुकिसकेको गन्यापधुराका मनोज देउवाले बताए।

प्रतिक्रिया दिनुहोस्