Ad imageAd image

सुनकोसी मरिण डाइभर्सन: सुरुङ निर्माणको २५ प्रतिशत कार्य सम्पन्न

खबर खुराक
खबर खुराक १४ फाल्गुन २०७९, आईतवार
4 Min Read
Aa

१४ फागुन सुनकोसि । निर्माण कार्य सुरु गरेको साढे चार महिनामा सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ निर्माणको २५ प्रतिशत भौतिक कार्य सम्पन्न भइसकेको छ। गत असोज २८ गतेबाट टनेल बोरिङ मेसीनबाट सुरुङ निर्माण गर्न  थालिएको थियो। निर्माण कार्य थालिएको चार महिना १६ दिनसम्म ३ दशमलब ५ किलोमिटर सुरुङ निर्माण भइसकेको आयोजनाका निर्देशक मित्र बरालले जानकारी दिए।

नेपाल सरकारको प्रमुख प्राथमिकतामा रहेको राष्ट्रिय गौरवको आयोजना अन्र्तगतको सुनकोसी मरिण डाइभर्सन आयोजनाको निर्माण कार्य तीब्र गतिमा भइरहेको सुनकोसी आयोजना कार्यालय सिन्धुलीले जनाएको छ। सुनकोसी गाउँपालिकाको वडा नम्बर ६ र ७ को सिमानामा पर्ने कानढुङग्रीबाट सुनकोसीको पानी मरिणमा खसाल्न सुरुङ निर्माण थालिएको हो। कमलामाई नगरपालिका २ को कुसुमटारबाट १३ दशमलब ३ किलोमिटर सुरुङ निर्माण गरी सुनकोसीमा पुर्‍याइने आयोजना प्रमुख बरालले जानकारी दिए। उनका अनुसार हालसम्म आयोजनाको सम्पूर्ण रुपमा १२ प्रतिशत प्रगति भइसकेको छ भने सुरुङ निर्माणको २५ प्रतिशत प्रगति भएको छ। ‘हामी लक्ष्य भन्दा अगाडी नै छाँै’, उनले भने, ‘निर्माणमा कुनै भौगोलिक वा अन्य समस्या नआए अबको डेढ बर्षभित्र सुरुङ निर्माण सम्पन्न हुन्छ।’ हालसम्म भौगर्भिक समस्या नरहेकाले सुरुङ निर्माणले गति लिएको आयोजनाले जनाएको छ।

निर्माणको जिम्मा पाएको चाइना ओभरसिज इन्जिनियरीङ कम्पनी(कोभेक)ले एक महिनामा टिविए मेसीनमार्फत पाँच सय मिटर सुरुङ निर्माण गर्न सकिने गरि लक्ष्य राखेको भएपनि हाल लक्ष्यभन्दा बढी सुरुङ निर्माणको काम भएको आयोजनाले जनाएको छ। सुरुङनिर्माणका लागिमात्रै कोभेकले ११ अर्ब रुपैयामा ठेक्कापाएको छ। ‘हाल भौगोलिक समस्या आएको छैन, त्यसैले लक्ष्यभन्दा बढी प्रगतिभएको छ’, अयोजना प्रमुख बरालले भने, ‘सुरुङ बाहेक हेर्डवक्र्स बनाउने कार्यका लागि निर्माण व्यवसायी परिचालित भइसकेको छ भने मरिण नदी नियन्त्रणको समेत कार्य अगाडी बढेको छ।’

टीबीएम मेसिनमार्फत ५–५ डायमिटरको पानी बग्ने सुरुङ रहने गरि ६–६ को डायमिटर निर्माण गरि सुकोसीको पानी मरिण हुँदै तराईका विभिन्न जिल्लामा सिचाइ सुविधा पुर्‍याउने सरकारको लक्ष्य रहेको आयोजना प्रमुख बरालले बताए। सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सिमानामा अवस्थित सुनकोसी नदीको पानीलाई बाँध बाधी १३ दशमलब ३ किमि लामो सुरुङमार्फत मरिण नदीमा पानी पथान्तरण गर्ने आयोजनाले जनाएको छ। आयोजना प्रमुख बरालका अनुसार सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूसेक पानी कमलामाई नगरपालिका २ कुसुमटारस्थित मरिण खोलामा खसालिने छ त्यहाँबाट ६६ दशमलब २९ को हेटेडबाट पानी झारेर ३१ दशमलब ०७  मेगावाट जलविद्युत उत्पादन गरिने छ।

- Advertisement -
Ad image

उत्पादित विद्युत ३७ दशमलब दुई डबल सर्किट प्रशारण लाईन मार्फत राष्ट्रिय ग्रिड अन्तर्गत नबलपुर सबस्टेशनमा जोडिने छ। आयोजना अन्तर्गत निर्माण हुने सुरुङमार्ग, हेडोक्स र पावर हाउस निर्माण मुख्य भौतिक संरचना रहेका आयोजना प्रमुख बरालले जानकारी दिए।

आर्थिक बर्ष ०७७/०७८ बाट शुरु भएको आयोजना ०८२/०८३ सम्ममा सक्ने लक्ष्य रहेको छ। ‘टिबिएम राख्न हामीले प्रवेश मार्गमा ४० मिटर लामो सुरुङ खनि  टीबीएम मार्फत समेत निर्माण कार्य अगाडी बढेको छ,  २ सय ३० मिटर लामो टनेल बोरिङ मेसिन अट्ने गरी उक्त सुरुङ सहित प्लेट फर्म निर्माण गरि निर्माण कार्य अगाडी बढाइएको निर्माण कम्पनी कोभ्याकले जनाएको छ। टिबिएमले आठ/आठ घण्टाका दरले तीन सिप्टमा गरि चौबिसै घण्टा सुरुङ खन्ने आयोजना प्रमुख बरालले जानकारी दिए। पाँच बर्षभित्र आयोजना निर्माण कार्य पूरा गर्ने लक्ष्य रहेको र करिब ४६ अर्ब कुल लागत रहने अनुमान गरिएको आयोजनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्