Ad imageAd image

केपी ओली कपको खेल बीचमै रोकियो

खबर खुराक
खबर खुराक १४ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

१४ फागुन काठमाडौं । केपी ओली कप फुटबलको पहिलो सेमिफाइनल खेल वर्षा तथा मेघ गर्जनका कारण रोकिएको छ ।

त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्बलबीच भएको पहिलो सेमिफाइनल खेलको दोस्रो हाफ भोलि सोमबार बिहान ११ बजे खेलाउने गरि रोकिएको छ ।

खेलको ५३ औं मिनेटसम्म दुवै टिम शुन्यको बराबरीमा रहेको अवस्थामा मेघ गर्जनसहित वर्षा र चट्याङ परेकाले खेल रोकिएको हो ।

भोलि ११ बजे आज रोकिएको खेलको दोस्रो हाफ तथा ३ बजे मछिन्द्र फुटबल क्लब र केपी ओली फुटबल क्लबबीचको खेल हुने छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्