Ad imageAd image

एमालेको च्यासलमा सचिवालय बैठक सुरू

खबर खुराक
खबर खुराक १५ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले सचिवालयको आकस्मिक बैठक बोलाएको हो ।

नयाँ सत्ता समीकरण बनेसँगै फेरिएको राजनीति कोर्षपछि सरकारमा रहने वा बाहिरिनेबारे आज निर्णय हुनसक्ने बताइएको छ । सरकारमा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलसहित एमालेका ८ मन्त्री छन् ।
यसअघि शनिबारको सचिवालय बैठकमा एमालेले राष्ट्रपति चुनाव (फागुन २५ सम्म) सरकारबाट नहट्ने भन्दै माओवादीसहितसँग पुस १० मा गरिएको सहमति कार्यान्वयनमा जोड दिने निर्णय गरेको थियो ।

बैठकमा छिर्दै गर्दा सरकार छाड्ने तयारी हो ? भन्ने पत्रकारको जिज्ञासामा ओलीले हाँस्दै भने, ‘तयारी हुने भयो भने खबर पाइहाल्नु हुन्छ नि !’

आजको बैठकमा परराष्ट्रमन्त्री विमला राईलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनेभा जानबाट अन्तिम समयमा रोकेको विषयमा पनि छलफल हुने बताइएको छ ।

- Advertisement -
Ad image

मन्त्रिपरिषदबाट स्वीकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिएपछि एमाले चिढिएको छ । यसबाट प्रचण्डले सरकारबाट एमालेको बहिर्गमन चाहेको चर्चा हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्