१८ फागुन काठमाडौं । रूसले छेडेको युद्धलाई समर्थन गर्दै आएको चीनले आफ्नो धार बदल्ने संकेत देखाएको छ । युक्रेन मामिलाबारे रूसलाई समर्थन गर्दै आएको चीनले युद्धको शान्तिपूर्ण अवतरणमा जोड दिएको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका समर्थकद्वय चिनियाँ राष्ट्रपति सी चिनफिङ र बेलारूसका राष्ट्रपति अलेक्सजेण्डर लुकासेनकोले रूस र युक्रेन युद्धको अन्त्य हुनुपर्ने पक्षको अभिव्यक्ति दिएका छन् ।
बेइजिङ पुगेका लुकासेन्कोले आफ्नो राष्ट्रले युक्रेन युद्धलाई शान्तिपूर्ण अवतरण गराउने चिनियाँ नीतिमा पूर्ण रूपले सहयोग गर्न बताएका छन् ।
चीनले गत साता युक्रेनको राष्ट्रिय स्वाधिनताको रक्षाका लागि शान्तिपूर्ण वार्ता आवश्यक रहेको बताएको बीबीसीले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्