१८ फागुन काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य नबढाउने भएको छ । निगमले मूल्य हाललाई यथावत् राख्ने जनाएको हो । विज्ञप्ति जारी गर्दै निगमले भारतबाट पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटेर आए पनि ग्यासको मूल्य अत्यधिक बढेर आएकाले हाललाई इन्धनको मूल्य यथावत राख्ने जनाएको हो ।
आज मात्रै भारतीय आयल कर्पोरेसनले पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ पैसा, डिजेल ५ रुपैयाँ ५ पैसा, मट्टितेल ३ रुपैयाँ ४० पैसा र हवाई इन्धन ७ रुपैयाँ ३ पैसा घटाएर नयाँ सूची पठाएको थियो ।
तर ग्यासमा भने प्रतिसिलिण्डर ३३९ रुपैयाँ ६ पैसा बढेर आएको निगमले जनाएको छ । अब ग्यासमा मात्रै प्रतिसिलिण्डर ६३५ रुपैयाँ नोक्सान रहेको निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्