१८ फागुन काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । यस दिन नेप्से २६.४८ अंकले घटेर १९६९.०१ को विन्दुमा पुगेको छ । बुधबार (हिजो) नेप्से २४ अंकले घटेको थियो ।
बिहीबार २५६ कम्पनीको एक अर्ब ३३ करोड ६३ लाख ३३ हजार ९६४ रुपैयाँबराबरको ३६ लाख ५७ हजार १५४ किक्ता सेयर किनबेच भएको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स पनि १.२७ प्रतिशतले घटेर ३७३.५६ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
१३ उपसमूहमध्ये सबैको समूहगत परिसूचक घटेको छ । माइक्रोफाइनान्स समूहको समूहगत सूचक सर्वाधिक २.६४ प्रतिशतले घटेको छ ।
बिहीबार बुद्धभमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ । यो कम्पनीको सेयर मूल्य ४.२९ प्रतिशतले बढेको हो ।
यस दिन ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ७ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्