Ad imageAd image

सन्दीपलाई विदेश जान दिने आदेशमा न्यायाधीशको केरमेट

खबर खुराक
खबर खुराक १८ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

१८ फागुन काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई विदेशमा क्रिकेट खेल्न जान अनुमति दिने आदेशमा सर्वोच्च अदालतका न्यायाधीशले आफुखुशी हेरफेर गरेको खुलेको छ ।

सोमबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्दै विदेश जान अनुमति लिनुनपर्ने आदेश दिएको थियो ।

मुद्दाको सुनुवाइ सकिएलगत्तै सर्वोच्च अदालतका प्रवक्ता विमल पौड्यालले आदेश पढेर सुनाएका थिए । तर सर्वोच्च अदालतले मुद्दाका पक्ष (वादी र प्रतिवादी) लाई उपलब्ध गराएको आदेशमा सोमबार पौड्यालले पढेर सुनाएको आदेशका थुप्रै विवरण हेरफेर गरेको पाइएको छ ।

सोमबार सार्वजनिक भएको आदेशमाथि उठेका प्रश्न र विवादित विषयवस्तु हटाएर पछिल्लो आदेश तयार गरिएको छ । ‘अहिले त्यो आदेशका केही व्यहोरा र विवरण फेरबदल गरी आदेश तयार पारिएको छ’, सर्वोच्च अदालत उच्च स्रोतले भन्यो, ‘त्यतिबेला आदेशमा भएका थुप्रै विवरणहरु हटाइएका छन्, केही थपिएका छन् । उनलाई क्रिकेट खेल्न जान दिने आधार र कारणमा भिन्नता आउने गरी आदेश आउँदा आश्चर्य लागेको छ ।’

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्