पल पल तिम्रै याद आउँछ सताउँछ
तिम्रै आँसुले याद आउँछ
मनमा गहिरो घाउ छ के गरौं
लाखौं खुशि गरे नि बिर्सन
तिम्रै झल्को आउँछ के गरौं
याद आउँछ सताउँछ
तिम्रो खवाफ आँसुले बताउँछ
मनमा गहिरो घाउ छ के गरौं
पीएन साइँलाका यी मार्मिक शब्द सुनेपछि प्रतिस्पर्धी मात्र होइन, जजले समेत आँसु बगाए । ज्योति मगरदेखि कुलेन्द्र विश्वकर्माले आफूलाई सम्हाल्न सकेनन् । महाजज कुमार बस्नेतले त भिटो अधिकार प्रयोग गर्दै साइँलालाई भोटिङ राउण्डका लागि छनोट गरे ।
हिमालय लोकस्टारको १३ औं एपिसोड पीएन साइँलामय रह्यो । मर्मस्पर्शी गीत र दमदार प्रस्तुति पेश गर्दै उनले उपस्थित सबैलाई भावुक तुल्याए । उनको प्रशंसामा महाजज बस्नेतदेखि तीनैवटा जजले शब्द मात्र खर्चिएनन्, उनको गायकीको मुक्तकण्ठले प्रशंसा गरे ।
काखे छोरा बोकेर स्टेज चढेका उनले यथार्थ जीवनलाई गीतमा व्यक्त गरे । पत्नीको निधनपछि एक्लिएका उनी छोरालाई बोकेर काठमाडौं आइपुगेको कथालाई गीतमा प्रस्तुत गरेका छन् । पत्नीको मृत्युपछि साइँलाले सम्झनामा सल चिनो राखेका रहेछन् । त्यही सलले छोरालाई बोकेर उनी लोकस्टारको मञ्चमा उक्लिएका थिए
प्रतिक्रिया दिनुहोस्