Ad imageAd image

जुम्लामा वैशाखबाट नयाँ शैक्षिक सत्र लागू हुने

खबर खुराक
खबर खुराक १९ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

१९ फागुन जुम्ला । हिमाली जिल्ला जुम्लामा पनि वैशाख देखिनै शैक्षिक सत्र सुरु हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ वटै जिल्लामा वैशाखदेखि शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै हिमाली जिल्ला जुम्लामा सो शैक्षिक कार्यक्रम लागू हुने भएको हो ।

०७९ माघ ६ गतेको मन्त्रिस्तरीय निर्णयबाट सबै जिल्लामा वैशाखबाटै शैक्षिक सत्र सुरु गर्ने सरकारको तयारी छ । सो निर्णयअनुसार माघ १५ गते नै शिक्षा विकास निर्देशनालयले परिपत्र गरेको शिक्षा समन्वय इकाइ जुम्लाका प्रमुख मक्कर भण्डारीले बताए ।

फागुन १७ गते बसेको जिल्लाका ८ वटै स्थानीय तहका शिक्षा शाखा प्रमुखको बैठकले वैशाखदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेको हो। यो निर्णयमा स्थानीय तहका सबै शिक्षा शाखा प्रमुखले सहमति जनाएको उनले बताए । यो भन्दा पहिला जुम्ला लगायतका हिमाली जिल्लाहरुमा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गरेको थियो।

हिमाली जिल्लाले पुस १० देखि माघ २५ सम्म बिदा दिने र लगत्तै नयाँ शैक्षिक सत्र सञ्चालन गर्दै आएका थिए। तर, २०८० देखि हिमाली जिल्लाहरुमा पनि वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्