Ad imageAd image

चीनले खोल्यो उत्तरी नाका यारी, नेपालको निर्यात बढ्ने दाबी

खबर खुराक
खबर खुराक १९ फाल्गुन २०७९, शुक्रबार
2 Min Read
Aa

१९ फागुन हुम्ला ।  चीनले हुम्ला जिल्लामा अवस्थित सीमा नाका यारीको नाका सञ्चालनमा ल्याएको छ । नेपालतर्फको व्यापारलाई सहजीकरण गर्ने लक्ष्यसहित चीनले मार्च १ देखि नाका सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

चीनको ट्विटर ह्याण्डल ‘स्पोकपर्सन अफ चाइनिज एम्बेसी अन नेपाल’ले यारी नाका सञ्चालनमा आएको जानकारी दिएको छ । ‘पुलान÷यारी बन्दरगाह मार्च १ देखि पुनः सुरु भएको छ,’ लेखिएको छ, ‘यसले नेपाल चीनको व्यापार कनेक्टिभीटीलाई थप मजबुत बनाउनेछ ।’

यस्तै, यो नाका सञ्चालनमा आएपछि नेपालको निर्यात वृद्धि हुने अपेक्षा समेत चीनको छ । ‘यारी नाका पुनः सञ्चालनमा आएपछि चीनतर्फ नेपालको निर्यात अगाडी बढ्नेछ,’ ट्विटर ह्याण्डलमा लेखिएको छ ।

नम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले मार्च १ देखि नाका सञ्चालनमा ल्याउने सहमति भएकोबारे जानकारी पाएको बताए । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘नाका सञ्चालन गर्न राष्ट्रिय स्तरमा सहमति भएकोबारे जानकारी पाएको थिए । नाका सञ्चालन हुने भएपछि स्थानीयवासी खुसी भएका छन् ।’

- Advertisement -
Ad image

यारी नाका सञ्चालन भएपछि त्यस वरपर महँगी समेत घट्ने अपेक्षा गरिएको छ । हाल तलबाट उच्च भेगमा खाद्यान्न, लत्ताकपडा लगायतका वस्तु लग्नुपर्छ । यारी खुलेपछि चीनबाट सिधै आयात गर्न मिल्ने भएकाले र यारी नाकाका कारण उक्त क्षेत्रको आर्थिक गतिविधि चलायमान बन्ने भएकाले स्थानीय खुसी बनेको अध्यक्ष लामा बताउँछन् ।

चीनले आफ्नोतर्फ ठुला र भव्य संरचना निर्माण गरे पनि नेपालतर्फ भने संरचना बनिसकेको छैन । यारीमा सुख्खा बन्दरगाह निर्माण गर्ने भनेर इन्टरमोडल यातायात विकास समितिले अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्