Ad imageAd image

जजिराले फागनु २४ बाट साउदीबाट भैरहवा उडान भर्ने

खबर खुराक
खबर खुराक १९ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

१९ फागुन साउदी । जजिरा एयरलाइन्सले  यहि फागनु २४ गतेबाट पुनः साउदीदेखि नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा उडान भर्ने भएको छ ।

साउदीको  रियाद,दमाम,मदिना,तारीफ,र हाईल गरी पाँच सहरबाट उडान भर्न लागेको हो ।

जसबाट  कुवेत ट्रान्जिट हुँदै भैरहवा र साउदी  आउन जान सजिलो हुने भएको छ । एयरलाइन्सले  साउदीको पाँच सहरबाट हुने उडान तालिका समेत सार्वजनिक गरेको छ । रियाद ,जेद्दा,मदिना,तारिफदेखि भैरहवामा हप्तामा ३ उडान भने हाईलदेखि हप्तामा १ उडान हुने जानकारी दिएको छ ।

उडान भर्ने तालिका एयरलाइन्सले सार्वजनिक गरे लगत्तै नेपाली दूतावास ,नेपाली ट्राभल्स,समुदायले सूचना समेत गरेका छन् भने यात्राको समय ३० केजी व्यागेज र ७ किलो ह्यानव्याक लैजान पाउने व्यवस्था गरेको छ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्