१९ फागुन काठमाडौँ । शुक्रबार अर्घाखाँची र पर्सामा दुईजना मृत अवस्थामा फेला परेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ मा प्युठान नौबेनीका ५५ वर्षीय भुपाल पुन आफ्नै कोठामा मृत फेला परेका छन् । निर्माणको काम गर्दै आएका पुन मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उता पर्सामा पनि एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको जिराभवानी गाउँपालिका–१ बलवा बस्ने ६० वर्षीय नवि मियाँ स्थानीय चमरी खोलामा मृत अवस्थामा फेला परेका हुन् । मियाँ बुधबारदेखि घर परिवारको सम्पर्कमा थिएनन् । प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव खोलामा फेला पारेको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्