१९ फागुन काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन यस सिजनको शहीद स्मारक ए डिभिजन लिगका लागि थ्रीस्टार क्लबमा फर्किएका छन् ।
अघिल्लो वर्ष राष्ट्रिय टिमबाट सन्यास लिएका भेट्रान डिफेण्डर विराजले लिग भने च्यासल युथ क्लबबाट खेलेका थिए । त्यसअघि मच्छिन्द्र र मनाङ मर्स्याङ्दीबाट खेलेका विराजले मनाङ जानुअघिको सात वर्ष थ्रीस्टारबाटै खेलेका थिए ।
शुक्रबार पुन: थ्रीस्टार क्लबसँग सम्झौता गरेका उनले आफ्नो करिअरमा थ्रीस्टारको महत्व विशेष रहेको र सधैं रहिरहने बताए । विराजले क्लबमा फर्किन पाउँदा गर्व अनुभूति भएको भन्दै जिम्मेबारी पूरा गर्न प्रतिबद्ध रहेको र त्यसका लागि कडा मिहिनेत गर्ने पनि बताए ।
विराजले तीन फरक क्लबबाट लिग जितेका छन् । २०६९ मा थ्रीस्टारबाट, २०७५ मा मनाङ मर्स्याङ्दीबाट र २०७६ मा मछिन्द्र क्लबबाट उनले लिग उपाधि जितेका छन् । गत सिजन भने उनको कप्तानीमा रहेको क्लब च्यासल रेलिगेसनमा परेको थियो ।
प्रतिक्रिया दिनुहोस्