Ad imageAd image

सहिद परिवारको घरदैलोमा माओवादी नेता

खबर खुराक
खबर खुराक २१ फाल्गुन २०७९, आईतवार
3 Min Read
Aa

२१ फागुन बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )ले देशब्यापी रुपमा सहिद सप्ताह अभियान संचालन गरेको छ । “सहिद परिवारको घरघरमा जाऔं, बलिदान दिवस भव्य रुपमा मनाऔं” भन्ने नाराका साथ फागुन १४ देखि सुरु भएको सहिद  सप्ताह फागुन  २१ गतेसम्म जारि रहने माओवादी केन्द्र  प्रदेश समितिले जनाएको छ ।

सहिद सप्ताह कार्यक्रममा पार्टीको वडा समिती समेत परिचालित भएको छ ।  बैठकबाट निर्णय  गरि परिपत्र जारि गरि सहिद सप्ताहलाई रचनात्मक रुपले सहिदहरुको योगदानको सम्झना गर्न निर्देशन दिएको थियोे । जिल्ला, पालिका र वडा तहमा  सहिद  परिवारमा भेटघाट तथा सम्मान गर्ने, अन्तरक्रिया, रक्तदान लगायतका रचनात्मक  कार्यक्रम गरि सहिदको सम्झना गरिएको अध्यक्ष सुदर्शन बरालले जानकारी दिए।  माओवादी केन्द्रले तल्लो पार्टी समिति सम्म   ” पार्टीले प्रत्येक बर्ष सहिद सप्ताह गर्छ  ” अध्यक्ष बरालले भने” यो बर्ष अलि रचनात्मक रुपमा कार्यक्रम गर्न मातहतका पार्टी कमिटीलाई भनिएको छ ।”

 यस अभियानमा पार्टीका सबै नेता÷कार्यकर्ता सहिद परिवारको घरमा पुगेर परिवारलाई सम्मान गर्ने÷उपहार दिने, सहिद परिवारका सुझाव, गुनासो,  र आलोचना ग्रहण गर्ने ,  स्थानीय तहमा सहिद स्मृती, चौतारी, प्रवेशद्धार, स्तम्भ, सडक, धारा सार्वजनिक स्थानमा निर्माण गर्ने , वृक्षरोपण,रक्तदान, खेलुकद प्रतियोगिता, अन्य रचनात्मक कार्य गर्ने, हप्ताभरी नै सहिदसंग सम्वन्धीत फोटो, स्मरण, कविता गजल आदि सामाजिक संजालमा प्रकाशन/ प्रसारण गर्ने, सहिदरुले शहादतवरण गरेका स्थानहरुमा भ्रमण गर्ने , प्रत्येक वार्डमा न्युनतम एउटा श्रद्धाञ्जली सभा अनिवार्य गर्ने , नेपाली समाजको रुपान्तरण र सहिदको योगदान विषयमा अन्तरक्रिया, छलफल, गोष्ठी कार्यक्रम संचालन गर्ने पार्टीले निर्देशन दिएको थियो ।

अभियान अन्तरगर उक्त पार्टी नेता कार्यकर्ता  सहिद परिवारको घर दैलोमा पुगेका छ्न । गुल्मीकि महिला नेतृ  माओवादी केन्द्रका केन्द्रिय सदस्य  सिर्जना तरामुले जनयुद्धमा बलिदानी दिनुभएका सहिदहरुको सम्झना गर्न  सहिद परिवारलाई भेटघाट गरिएको जानकारी दिईंन ।

- Advertisement -
Ad image

त्यस्तै गरि पाल्पाको जिल्ला समितिले पालिका तहमा सहिद परिवारलाई तीव्रता दिएको छ । पार्टीका तिनाउ गाउँ समितीका अध्यक्ष  दिनेश जिसिले अभियान कार्यक्रम अन्तर्गत हामी तिनाउ २ दाेभानमा सहिद उपेन्द्र थापा र जगत थापाकाे घरपरिवार, तिनाउ ३,भूतखाेलामा सहिद चुनुमायाकाे घरमा पुगि सहिद परिवारलाई सम्मान गरि दु:ख-सुख बाडेको बताए। महिला नेतृ दिल कुमारी रोक्का(जानुका ) नेता राजेश श्रेष्ठ लगायतका नेताहरु सहिद परिवारलाई भेट्न घरमै पुगेका थिए  ।

तराईका जिल्लाहरुमा पनि अभियान जारि छ । रुपन्देहीको निर्बाचन क्षेत्र  न २  ले सनिवार रक्तदान गरेको संयोजक मनोज रानाले जानकारी दिए ।  सहिद परिवारलाई भेटेर समस्या गुनासा सुन्ने र पार्टीको लागि सुझाव लिने कार्य जारी रहेको बुटवल उपमहानगर कमिटी अध्यक्ष महेन्द्र भुसालले बताए । माओवादी केन्द्रले २ महिने संगठन अभियान पनि सन्चालन गरेको छ । पार्टीको सेल कमिटी बनाउने देखि जबस मोर्चालाई क्रियासिल बनाउने योजनाका साथ उक्त पार्टीका नेताहरु संगठन अभियानमा लागेको जनाईएको छ ।

पार्टी अध्यक्ष बरालका अनुसार पार्टी सिसिएम र प्रदेश पदाधीकारी तथा प्रदेश सदस्यहरु प्रत्यक्ष जनस्तरसम्म पुगी आम जनताको राय सुझाव लिखित रुपमा अनिवार्य ल्याउन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्