२१ फागुन काठमाडौं । व्यावसायिक आशा राखिएको अनमोल केसी स्टारर फिल्म ‘२.० छड्के’ले निराशाजनक ओपनिङ गरेपछि नेपाली फिल्म क्षेत्र स्तब्ध बनेको छ । पहिलो सप्ताहन्तको ओपनिङ यति कमजोर छ कि प्रमुख मल्टिप्लेक्सले आइतबारदेखि शोमा कटौती गरेका छन् ।
स्वयं निर्माताले यो तहमा फिल्मले ओपनिङ गर्ला भन्ने सोचेका थिएनन् । अहिलेका महंगा अभिनेता अनमोलको पहिलो ग्याङस्टर फिल्म बताइएको छड्के २ को असफलताले अलग जनरामा आफूलाई स्थापित गर्ने अनमोलको प्रयासमा धक्का लागेको छ ।
निर्देशक निगम श्रेष्ठका लागि यो लगातार तेस्रो असफलता हो । उनी निर्देशित छड्के र लालपूर्जा समेत बक्सअफिसमा पूर्णतः असफल रहे । समीक्षकहरु यी तीनै फिल्मको व्याकरणमा एउटै खाले समस्या रहेको बताउँछन् ।
हरेक फिल्मका लागि पहिलो सप्ताहन्त निकै महत्वपूर्ण हुन्छ । खासगरी ओपनिङमा टिकेका छड्के २ जस्ता फिल्मका लागि त पहिलो सप्ताहन्त जरुरी भइहाल्ने भयो । महत्वपूर्ण मानिएको पहिलो शुक्रबार र शनिबारको व्यापार नै निराशजनक भइसकेपछि छड्के २ को व्यावसायिक भविष्यका लागि बाँकी दिनहरु जोखिमपूर्ण छन् । यहाँ केही कारण उल्लेख गरिन्छ, जसले प्रतीक्षित छड्के २ को ओपनिङ कमजोर रह्यो ।
प्रतिक्रिया दिनुहोस्