Ad imageAd image

ओखलढुंगामा जिप दुर्घटना : ४ घाइतेलाई काठमाडौं लगियो

खबर खुराक
खबर खुराक २१ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

२१ फागुन काठमाडौँ  । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा भएको जिप दुर्घटनामा सख्त घाइते भएका ४ जनालाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ ।

जिपमा १३ जना सवार थिए । दुर्घटनामा परी ११ घाइते भएका छन् । दुर्घटनामा घाइते भएकाहरूमध्ये सख्त घाइते भएका चार जनालाई हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं पठाइसकिएको वडाअध्यक्ष भिष्म श्रेष्ठले बताए ।

आइतबार बिहान ना १ ज ८४७३ नम्बरकोजिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दियालेदेखि ओखलढुंगातर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा चिशंखुगढी–३ का मिनबहादुर श्रेष्ठ र भक्तबहादुर थापाको घटनास्थलमै मृत्यु भएको दुर्घटनास्थलमा रहेका स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्