Ad imageAd image

यू-२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ

खबर खुराक
खबर खुराक २१ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

२१ फागुन काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार एन्फा मुख्यालयमा एक कार्यक्रम गर्दे नेपाली यू-२० महिला टोलीलाई बिदाइ गरेको छ । समूह बी मा रहेको नेपालले छनोटको खेल प्यालेस्टाइनमा खेल्नेछ । नेपाली टोली आइतबार राति त्यसतर्फ प्रस्थान गर्नेछन् ।

नेपाल रहेको समूह ‘बी’ मा आयोजक प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड छन् । छनोटका खेलहरु मार्च ८ देखि १२ सम्म हुनेछ ।

नेपालले पहिलो खेलमा मार्च ८ मा प्यालेस्टाइनविरुद्ध खेल्नेछ । नेपालले समूहको दोस्रो खेल मार्च १२ मा नर्दन मारियाना आइल्याण्डसँग खेल्नेछ । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्