Ad imageAd image

नेवानिको ककपिट पहिलो पटक जब महिला टिमले सम्हाले

खबर खुराक
खबर खुराक २१ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

२१ फागुन काठमाडौं । नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको इतिहासमा पहिलो पटक महिला चालक दलको समूहले ककपिट सम्हालेको छ । शनिबार नेपाल एयरलाइन्सको न्यारोबडी ए३२० जहाज काठमाडौं–दुबई रुटको उडान गरेको छ । जसको कमाण्डमा दुवै जना महिला पाइलट थिए । पाइलट भावना पन्त र को–पाइलट सृजना रावतले यो सफल उडान गरी इतिहास रचेका हुन् ।

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार अन्तर्राष्ट्रिय उडानमा महिलाले रचेको यो नयाँ इतिहास हो ।

नेवानिका अर्का पाइलट दीपु ज्वार्चनका अनुसार आन्तरिक उडानमा कैयौं पटक यस्तो संयोग जुरेको छ, तर अन्तर्राष्ट्रिय उडानमा जुरेको थिएन् । यही जोडीले दुबईबाट अर्को उडान काठमाडौंका लागि पनि गर्दैछ ।

नेपाल एयरलाइन्सले ८ मार्च (अन्तर्राष्ट्रिय महिला दिवस)को दिन सबै क्रु मेम्बर महिला राखेर उडानको तयारी समेत गरिरहेको छ । तर, यो अझै तयारीकै क्रममा रहेका कारण निश्चित भने नभएको प्रवक्ता खड्काले जानकारी दिइन् ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्