२२ फागुन काठमाडौं । ह्वावेले आफ्नो नयाँ स्मार्टफोन ‘नोभा १० युथ एडिसन’ सार्वजनिक गरेको छ । युवाहरूलाई लक्षित गरी सार्वजनिक गरिएको यो फोन ह्वावेको सस्तो स्मार्टफोन रहेको बताइएको छ ।
ह्वावेको नोभा १० सिरिजको यो पछिल्लो नयाँ र सस्तो फोन हो । यो फोनमा पनि नोभा १० सिरिजका अन्य फोन जस्तै डिजाइन छ । फोनमा ९० हर्ज रिफ्रेसरेट सहितको ६.७८ इन्चको फुल एचडी प्लस डिस्प्ले उपलब्ध छ ।
स्न्यापड्रागनको ६८० चिपसेट भएको यो फोन ८ जीबी र्याम सहित १२८ जीबी स्टोरेज र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । फोनमा ६६ वाट फास्ट वायर्ड चार्जिङ सपोर्ट सहितको ४००० एमएएचको ब्याट्री राखिएको छ ।
क्यामेरा तर्फ भने फोनमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा सहित १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । ८ जीबी र्याम सहित १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १६९९ युआन (३२ हजार रुपैयाँ) र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य १८९९ युआान (करिब ३६ हजार रुपैयाँ) तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्