Ad imageAd image

६८ रन बनाउँदा ५ विकेट गुमायो नेपालले

खबर खुराक
खबर खुराक २२ फाल्गुन २०७९, सोमबार
3 Min Read
Aa

२२ फागुन काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट श्रृंखलाको अन्तिम खेलमा नेपालले अहिले घरेलु टोली यूएईसँग खेलिरहेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । नेपालले लगातार विकेट गुमाइरहेको छ । १४ रन जोड्दा नेपालले पहिलो विकेट गुमायो ४.२ ओभर खेल्दा नेपालले आशिफ शेखलाई व्यक्तिगत ६ रनमा गुमायो ।

३४ रन जोड्दा नेपालले दोस्रो विकेट गुमायो । ज्ञानेन्द्र मल्ल व्यक्तिगत ११ रन बनाउँदा एलबीडब्लु आउट भए ।

त्यस्तै टिमले ११.२ ओभरमा ४९ रन जोड्दा नेपालले ३ विकेट गुमायो । कप्तान रोहित पौडेल पनि आउट भए  । उनी व्यक्तिगत १ रनमा आउट भएका हुन् ।

- Advertisement -
Ad image

त्यस्तै पिचमा सेट भएका कुशल मल्ल पनि आउट भए । १४.१ ओभरमा ५९ रन जोड्दा नेपालले चौथो विकेट गुमायो । कुशल ३२ बलमा ३२ रन बनाएर आउट भए । उनले २ छक्का हानेका थिए ।

नेपालले ६८ रन बनाउँदा महत्वपूर्ण ५ विकेट गुमायो । १७.१ ओभरमै नेपालले ५ विकेट गुमाएको हो । दिपेन्द्र सिंह ऐरी व्यक्तिगत ४ रन जोडेर आउट भए ।

पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो ।

सन् २०१९ देखि जारी रहेको विश्वकप लिग–२ को श्रृंखलामा नेपालको यो विदेशमा हुने अन्तिम खेल हो ।

यो खेल सकिएपछि यसै सातादेखि नेपालले पपुवा न्यूगिनी र यूएईसँग घरेलु मैदानमा २–२ खेल खेल्नेछ । नेपाली भूमिमा हुने यो श्रृंखलासँगै विश्वकप लिग–२ पनि सकिने छ ।

यही श्रृंखलाबाटै विश्वकप छनोटमा पुग्ने शीर्ष तीन टिम र एक दिवसीयमा रहिरहने शीर्ष पाँच टिमको टुङ्गो लाग्नेछ ।

हरेक टिमले ३६ खेल खेलेपछि सात टोली सहभागी लिग–२ बाट यसको छिनोफानो हुन लागेको हो ।

विश्वकप लिग–२ मा सबै खेल खेलेर स्कटल्याण्ड ५० अंकसहित च्याम्पियन बनिसकेको छ । दोस्रो स्थानको ओमानको ४४ अंक छ । तेस्रो स्थानको नामिबियाको ३९ अंक छ । सबै खेल खेलेको चौथो स्थानको अमेरिकाको ३५ अंक छ ।

३१ खेलबाट यूएईको ३१ अंक छ । ३१ खेलबाटै ३० अंकको नेपाल छैटौं स्थानमा छ । सातौं स्थानको पीएनजीको ९ अंक छ ।

अबको समीकरण
अब पुछारका तीन टिमको बाँकी रहेको खेलबाटै विश्वकप छनोट र एक दिवसीय वरीयता कायमको टुंगो लाग्नेछ । अर्थात् अहिलेसम्म तीन टिमले सिधै विश्वकप छनोट खेल्न पाउनेमा स्कटल्याण्ड र ओमानमात्र सुरक्षित छन् ।

नामिबिया पनि अझै ढुक्क हुन सकेको छैन । त्यस्तै शीर्ष पाँचमा रहेर एक दिवसीय वरीयता बचाउने अमेरिकाको सम्भावना पनि कमजोर देखिएको छ । अर्कातर्फ पुछारको पीएनजीले भने एक दिवसीय वरीयता बचाउन सकेन ।

नेपालले आजसहितका सबै खेल जित्दामात्र विश्वकपमा सिधै छनोट हुने अवसर पाउने छ । यदि आजको खेलमा नेपाल यूएईसँग पराजित भयो भने सिधै विश्वकप छनोट खेल्न पाउने छैन ।

आजको खेलमा विजयी भए यूएईको विश्वकपमा छनोट हुने सम्भावना कायमै हुन्छ ।

त्यसपछि यसै सातादेखि अर्थात आगामी बिहीबारदेखि कीर्तिपुर मैदानमा नेपाल, पीएनजी र यूएई खेल्नेछन् । बिहीबारकै खेलमा नेपालले पीएनजीसँग खेल्नेछ ।

एक दिवसीय बचाइराख्न पनि नेपालले अबका पाँचमध्ये तीन खेल जित्नैपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्