Ad imageAd image

१० शक्तिशाली ट्याङ्क युक्रेनलाई दिँदै पोल्याण्ड

खबर खुराक
खबर खुराक २४ फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

२४ फागुन वार्सा । पोल्याण्डले युक्रेनलाई दशवटा शक्तिशाली ट्याङ्क  दिने भएको छ ।  थप सैन्य सहायता उपलव्ध गराउने घोषणा गर्दै दशवटा लेपर्ड ट्याङ्क युक्रेनलाई प्रदान गरिने पोल्याण्डले जनाएको छ ।

युक्रेनले पोल्याण्डबाट प्राप्त हुने लेपर्ड ट्याङ्कहरू रुसी आक्रमणको सामना गर्न महत्वपूर्ण हुने जनाएको छ ।

युरोपेली सङ्घका रक्षामन्त्रीहरूको बैठकमा सहभागी हुन स्टकहोम प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै पोल्याण्डका रक्षामन्त्री मारिसाज ब्लासजाकले युक्रेनलाई प्रदान गरिने युद्ध ट्याङको मर्मतसम्भारका निम्ति आवश्यक व्यवस्था पनि युक्रेनमा नै  गरिने जानकारी उनले दिए । यसअघि पोल्याण्डले जर्मनीमा निर्मित चारवटा लेपर्ड हेभी ट्याङ्क किएभलाई उपलव्ध गराएको थियो ।

पोल्याण्डका रक्षामन्त्रीले जर्मनीका आफ्ना समकक्षीसँग युक्रेनलाई थप सैन्य सहायता प्रदान गर्ने सम्बन्धमा पनि स्टकहोममा छलफल गर्ने बताएका छन् ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्