२४ फागुन बुटवल । रुपन्देहीको सैनामैनामा टाउकोमा विभत्स चोट लागेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । सैनामैना नगरपालिका ३ स्थित ववरी पार्टी प्यालेसको नजिकै रहेको प्लटिङ्गमा बुधबार एक पुरुषको शव फेला परेको हो ।
मृतक पुरुषसँग हिजोसँगै रहेका ३ जनालाई नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए । घटनाको अनुसन्धानका लागि अहिले तालिम प्राप्त कुकुरलाई घटनास्थलमा लगिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्